काठमाडौं। प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनिधि सभा निर्वाचनको मिति तय गरिएको छ। निर्वाचन आयोगले यसअघि नै निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ।
आगामी निर्वाचनका तयारीस्वरूप काठमाडौंसहित देशभरका युवाहरू मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरिसकेका छन्। नाम दर्ता गराउने र त्यसका लागि लाइनमा बस्नेहरूमा प्रायः युवाहरूको सक्रिय उपस्थिति देखिएको छ।


