मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
पशुपतिनगरबाट हेटौँडा बजारतर्फ आएकाे ना३८प ५८५० नम्बरको मोटरसाइकलले गए राति ठक्कर दिँदा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौँडा–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा हेटौँडा अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए।
मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


