Sunday, November 8, 2026
Homeसामाचारभ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन-जीको प्रदर्शन: काठमाडौँ र पोखरामा सडकमा उत्रिए...

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन-जीको प्रदर्शन: काठमाडौँ र पोखरामा सडकमा उत्रिए (तस्बिरसहित)

काठमाडौँ – भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लागेको प्रतिबन्धविरुद्ध जेन-जी पुस्ताका युवाहरू काठमाडौँ र पोखरामा सडकमा उत्रिएका छन्।

काठमाडौँमा माइतीघरमा ठूलो संख्यामा जेन-जीका युवाहरू प्रदर्शन गर्दै छन्। प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। उनीहरूले “केपी तेरो पाराले दुख पायो”, “साराले नालायक सरकार मुर्दावाद” जस्ता नाराहरू लगाइरहेका छन्।

त्यसैगरी, पोखरामा पनि प्रदर्शन जारी छ। पोखरा सभागृहमा भेला भएर जेन-जीका युवाहरू चिप्लेढुंगातर्फ निस्किएका छन्। उनीहरूले “हाम्रो देश कसले बचाउँछ?”, “लगानीभन्दा भ्रष्टाचार बढी”, “मेरो पैसा दे” जस्ता प्लेकार्ड बोकेर आफ्नो विरोध प्रदर्शन व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका