Sunday, August 30, 2026
Homeसामाचारभोटेकोशी बाढीमा ज्यान गुमाएका असई रामहरि खड्काको दाहसंस्कार

भोटेकोशी बाढीमा ज्यान गुमाएका असई रामहरि खड्काको दाहसंस्कार

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएका प्रहरी सहायक निरीक्षक (असई) रामहरि खड्काको दाहसंस्कार गरिएको छ।

शनिबार साँझ पशुपति आर्यघाटमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एआईजी सुशील सिंह राठौरले खड्काको पार्थिव शरीरमा प्रहरीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

इलाका प्रहरी कार्यालय टिमुरेको सञ्चार शाखामा कार्यरत खड्का भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए। उनको शव शनिबार चितवनमा फेला परेको थियो।

रामेछापको मन्थली नगरपालिका–४ कबिलासका स्थानीय खड्का बाढीपछि बेपत्ता भएका प्रहरी कर्मचारीमध्ये एक थिए।

यसअघि प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामकाजी पौडेल पनि मृत अवस्थामा फेला परेका थिए। उनको शवसमेत चितवनस्थित नारायणी नदीको किनारमा भेटिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका