Friday, May 1, 2026
Homeकला/साहित्यभैरव अर्यालको साहित्यिक योगदानबारे चर्चा

भैरव अर्यालको साहित्यिक योगदानबारे चर्चा

नेपाली हास्यव्यङ्ग्य साहित्यका प्रतिभा भैरव अर्यालको ८६ औँ जन्मजयन्ती मनाइएको छ । मंगलबार राजधानीमा भैरव पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले हास्यव्यङ्ग्य साहित्यको श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको बताए ।

नेपाली साहित्य बाहेक पत्रकारिताको क्षेत्रमा पनि अर्यालको देन अमूल्य रहेको वक्ताहरूको भनाइ थियो । अर्यालको प्रेरणाबाट धेरै साहित्यकार तथा पत्रकारहरू जन्मिएको भन्दै उनीहरूले  राज्यबाट अर्यालको योगदानको कदर हुन नसकेको गुनासो गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकारहरू बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पाटोबारे प्रकाश पारेका थिए ।

सोही अवसरमा भैरव स्मृति भवनमा निर्मित सभाकक्ष (हास्यव्यङ्ग्यकार वासुदेव लुइँटेल, आख्यानकार रमेश विकलमा समर्पित) तथा अत्याधुनिक पुस्तकालयको बागमती प्रदेशका सभासद् छिरिङ दोर्जे लामाले उद्घाटन गरे ।

विसं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालले केवल ४० वर्षको उमेरमा २०३३ साल असोज १९ गते देहत्याग गरेका थिए । अर्यालका जयभुँडी, काउकुती, इतिश्री, दश अवतार, गलबन्दी, उपवन लगायतका कृतिहरू लोकप्रिय छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका