Friday, June 5, 2026
Homeसामाचारभूकम्पपछिको पुर्ननिर्माणले अब तीब्रता पाउँछ : गृहमन्त्री लेखक

भूकम्पपछिको पुर्ननिर्माणले अब तीब्रता पाउँछ : गृहमन्त्री लेखक

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई सरकारले तीव्रता दिएको बताएका छन्।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनालाई तीव्र रूपमा अघि बढाउन विभिन्न पहल गरिएको जानकारी दिए। तीनै जिल्लामा पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय स्थापना गर्न लागिएको उनले बताए।

गृहमन्त्री लेखकले भने, “पछिल्ला ६ महिनामा विस्तृत क्षति आँकलन, निजी घर पुनःनिर्माणका मापदण्ड तय गर्ने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम सम्पन्न गरेका छौँ। केन्द्रबिन्दु भएका क्षेत्रमा पुनःनिर्माण र पुनःस्थापनाको काम अघि बढाइएका छन्।”

गत वर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछि सरकारले पुनःनिर्माणलाई प्रभावकारी बनाउन कार्ययोजना ल्याइसकेको छ। गृहमन्त्री लेखकले आगामी साता बझाङ, डोटी र जाजरकोटको भ्रमण गरी पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी लिने बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका