Saturday, August 29, 2026
Homeखेलकुदभिक्टोरिया सिए–११ विरुद्ध खेल्दै नेपाल ‘ए’, सुखद अन्त्यको लक्ष्य

भिक्टोरिया सिए–११ विरुद्ध खेल्दै नेपाल ‘ए’, सुखद अन्त्यको लक्ष्य

काठमाडौँ । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया सिए–११ विरुद्ध प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मारारा क्रिकेट मैदानमा हुने खेल अपराह्न १ः१५ बजे सुरु हुनेछ।

सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपाल प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा रहेको छ।

प्रतियोगितामा पाँच खेल खेलेको नेपालले दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको थियो।

त्यसपछि नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले र चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई चार विकेटले पराजित गरेको थियो।

तर पाँचौँ खेलमा नेपाल हैदरावाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भयो। आज भिक्टोरिया सिए–११ लाई हराउँदै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका