Monday, August 24, 2026
Homeखेलकुदपब्जी मोबाइल राष्ट्रिय प्रतियोगिताको उपाधि डट्स ई-स्पोर्ट्सलाई

पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिताको उपाधि डट्स ई-स्पोर्ट्सलाई

काठमाडौं । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई–स्पोर्ट्सले जितेको छ । उपाधिसँगै विजेता टोलीले ४ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत कार्यक्रमअनुसार आयोजना गरिएको प्रतियोगितामा देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स ई–स्पोर्ट्सले उपाधि जितेको हो ।

विजेता टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिमविक्रम केसीले पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताबाट उत्कृष्ट १२ टोली ‘रोड टू पिएमजीओ’ को अर्को चरणमा प्रवेश गरेका छन् । उक्त चरणमार्फत नेपाली टोलीलाई अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा पुग्ने अवसर प्राप्त हुनेछ ।

नेपालमा ई–स्पोर्ट्सलाई थप व्यवस्थित, प्रतिस्पर्धात्मक र व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ईशानका सचिव आशिष दाहालले जानकारी दिए । उनले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका