Saturday, November 7, 2026
Homeसामाचारभाषण गर्दै गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

भाषण गर्दै गर्दा ढलेका जिफन्टका उपाध्यक्ष गौतमको निधन

बुटवल । नेकपा (एमाले) निकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार निधन भएको छ।

केन्द्रीय कमिटी सदस्यसमेत रहेका ६५ वर्षीय गौतम भैरहवास्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला अचानक ढलेका थिए।

उनीलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका