Saturday, November 7, 2026
Homeसामाचारभारतका मिजोरम–मणिपुरका ५,८०० बेनी मेनशे यहूदी २०३० सम्म इजरायल लैजाने निर्णय

भारतका मिजोरम–मणिपुरका ५,८०० बेनी मेनशे यहूदी २०३० सम्म इजरायल लैजाने निर्णय

नयाँ दिल्ली । भारतका उत्तरपूर्वी राज्य मिजोरम र मणिपुरमा बसोबास गर्ने बेनी मेनशे यहूदी समुदायका ५ हजार ८०० सदस्यलाई इजरायल ल्याउने निर्णय इजरायली सरकारले गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो निर्णय अघि सारेका हुन्।

इजरायलको उत्तरी क्षेत्र सुदृढ गर्ने उद्देश्य

इजरायल सरकारले यी समुदायलाई देशको उत्तरी क्षेत्रमा बसोबास गराउने योजनाको उद्देश्य उक्त क्षेत्रलाई जनशक्ति र सुरक्षाका हिसाबले सुदृढ बनाउने बताइएको छ।
अन्तर्राष्ट्रिय यहूदी संस्था ‘जेयूइश एजेन्सी फर इजरायल’ले यस कदमलाई ऐतिहासिक भनेको छ।

२०३० भित्र सबै पुनःस्थापना

सरकारका अनुसार सबै बेनी मेनशे यहूदी २०३० सम्म इजरायल पुर्‍याइनेछ।
यीमध्ये १ हजार २०० जनालाई २०२६ मै फर्काइने तयारी छ।

२ करोड ७० लाख डलरको परियोजना

यस पुनःस्थापनाको सम्पूर्ण प्रक्रिया पहिलो पटक यहूदी एजेन्सीले नै सम्हाल्नेछ।
परियोजनाका लागि करिब २ करोड ७० लाख डलर खर्च हुने अनुमान छ।

निकट भविष्यमा रब्बीहरूको ठूलो टोली भारत पठाइनेछ, जसले इजरायलमा रहेका पहिलो श्रेणीका आफन्तसहित करिब ३ हजार बेनी मेनशे समुदायका सदस्यको अन्तर्वार्ता लिनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका