Saturday, November 7, 2026
Homeसामाचारभाडा नतिरेपछि नेपाल स्काउटको चेतावनी: पूर्व मन्त्री दीपक खड्काको कम्पनीका संरचना जफत...

भाडा नतिरेपछि नेपाल स्काउटको चेतावनी: पूर्व मन्त्री दीपक खड्काको कम्पनीका संरचना जफत गरिने

काठमाडौं। पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटको जग्गा भाडा तिर्न ढिलासुस्ती गरेपछि स्काउटले कम्पनीका भौतिक संरचना जफत गर्ने चेतावनी दिएको छ।

नेपाल स्काउटले सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सिलबन्दीपछि समेत भाडा नबुझाएकाले अब सिल गरिएका सामान र संरचना समेत जफत गरिने जनाएको हो। स्काउटले भाडा तिर्नका लागि कम्पनीलाई ७ दिनको अन्तिम म्याद दिएको छ।

सूचनामा भनिएको छ, “निर्धारित समयभित्र भाडा नबुझाए मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १२, दफा ६१९, ६२०(४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामग्री जफत गरिनेछ।”

त्यसबाट पनि बाँकी रकम असुल हुन नसके खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिको घरजग्गा र अन्य सम्पत्तिबाट असुलउपर गरिने चेतावनी स्काउटले दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका