Sunday, November 8, 2026
Homeसामाचारभरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

भरतपुर कारागारबाट भागेका ५४ कैदीबन्दी आफैं फर्किए

भरतपुर, २७ भदौ। चितवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी क्रमशः फर्किन थालेका छन्। बुधबार बिहान आगजनीपछि निस्किएका कैदीबन्दीमध्ये हालसम्म ५४ जनाले आत्मसमर्पण गरेका छन्।

भरतपुर कारागारबाट एकैपटक ७४० कैदीबन्दी बाहिर निस्किएका थिए। जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार अहिले उनीहरू फोन सम्पर्कपछि स्वेच्छाले फर्किन थालेका छन्।

ढुङ्गानाले भने, “बुधबारको अवस्था असामान्य थियो, त्यसबेला सबै निस्किएर गए। अहिले सरकारले जसरी पनि नियन्त्रणमा लिन्छ भन्ने धारणा बनेपछि केही कैदी आफैं फर्किएका हुन्।”

बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए। कैदीहरूले तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षाकर्मीलाई नियन्त्रणमा लिन कठिन भएको थियो। मूल गेटमा आगो लगाइएपछि सुरक्षाकर्मीहरू कैदीहरूलाई रोक्न असमर्थ भएका थिए।

५५० कैदी राख्ने क्षमता भएको भरतपुर कारागारमा घटनाको बेला ७४० कैदीबन्दी रहेका थिए, जसमा ४६ जना महिला थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका