Friday, September 11, 2026
Homeसामाचारभरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु

भरतपुरमा विद्युतीय कारमा आगलागी, एक जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।

आज बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।

आगलागीको सूचना प्राप्त भएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

आगो नियन्त्रणमा लिएपछि कारभित्र नाम, थर र ठेगाना नखुलेका एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

आगलागीबाट कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका