Saturday, August 1, 2026
Homeसामाचारब्रोड पिक हिमपहिरो : बेपत्ता सबै १० पर्वतारोहीको मृत्यु पुष्टि, मृतकमध्ये ६...

ब्रोड पिक हिमपहिरो : बेपत्ता सबै १० पर्वतारोहीको मृत्यु पुष्टि, मृतकमध्ये ६ जना नेपाली

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ब्रोड पिक (८,०४७ मिटर) हिमालमा गएको विनाशकारी हिमपहिरोमा बेपत्ता भएका सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि भएको छ।

उद्धार तथा खोजी अभियानपछि अभियान आयोजक र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले शनिबार सबै आरोहीको निधन भएको जानकारी दिएका हुन्। प्रतिकूल मौसम, लगातार हिमपात र उच्च हिमाली जोखिमका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो।

मृतकमध्ये ६ जना नेपाली पर्वतारोही रहेका छन्। उनीहरूमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ), पुरबहादुर गुरुङ (युक्ता), निमा शेर्पा, पासाङ नुर्बु शेर्पा, छिरिङ शेर्पाफुर्बा ओङ्गेल शेर्पा रहेका छन्।

अन्य मृतकमध्ये पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नधिरा अल हार्थी, अमेरिकी पर्वतारोही सारा म्यालोरी गाइस तथा चीनका गाओ झेङ रहेका छन्।

गत बिहीबार क्याम्प–२ र क्याम्प–३ बीच करिब ६,५०० मिटरभन्दा माथिल्लो क्षेत्रमा शक्तिशाली हिमपहिरो जाँदा आरोहीहरूको टोली सम्पर्कविहीन भएको थियो। प्रारम्भिक चरणमा केही शव फेला परे पनि बाँकी आरोहीको खोजी शनिबारसम्म जारी राखिएको थियो।

अभियानको नेतृत्व गरिरहेका निर्मल पुर्जा विश्व पर्वतारोहण क्षेत्रमा अत्यन्त सम्मानित व्यक्तित्व थिए। उनले सन् २०१९ मा विश्वका १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमाल सबैभन्दा कम समयमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। नेटफ्लिक्सको चर्चित वृत्तचित्र “14 Peaks: Nothing Is Impossible” मार्फत उनी अन्तर्राष्ट्रिय रूपमा परिचित बनेका थिए।

यस दुःखद घटनापछि नेपालसहित विश्व पर्वतारोहण समुदाय शोकमा डुबेको छ। विभिन्न देशका सरकार, पर्वतारोहण संस्था तथा पर्वतारोहीहरूले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको साहस, समर्पण र पर्वतारोहण क्षेत्रमा पुर्‍याएको योगदानको उच्च सम्मान गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका