Wednesday, August 5, 2026
Homeसामाचारब्रोड पिकमा दुर्घटनाग्रस्त निम्स दाइसहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो

ब्रोड पिकमा दुर्घटनाग्रस्त निम्स दाइसहित चार आरोहीको शव बेस क्याम्पमा ल्याइयो

काठमाडौं । पाकिस्तानस्थित ब्रोड पिक हिमालमा दुर्घटनामा परेका कीर्तिमानी नेपाली आरोही **निर्मल पुर्जा (निम्स दाइ)**सहित चार जना आरोहीको शव सङ्कलन गरी बेस क्याम्पमा ल्याइएको छ।

निम्स दाइका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य **मिङ्मा डेभिड शेर्पा**ले पाकिस्तानबाट यसको पुष्टि गरेका हुन्।

उनका अनुसार निम्स पुर्जासँगै जोङ वाङ, निमा शेर्पा र **किलु शेर्पा**को शव अत्यन्त जोखिमपूर्ण उद्धार अभियानपछि बेस क्याम्पमा ल्याइएको हो।

उद्धार कार्य अत्यन्त कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच सम्पन्न भएको जनाइएको छ। अभियानको नेतृत्व वरिष्ठ आरोही **मिङ्मा जी**ले गरेका थिए भने **सिरबाज खान**सहितको उद्धार टोलीले अभियानमा सहयोग गरेको बताइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका