Wednesday, July 22, 2026
Homeमनोरन्जनब्राड पिटसँग परिवारलाई असुरक्षित महसुस गर्थेँ : एन्जेलिना

ब्राड पिटसँग परिवारलाई असुरक्षित महसुस गर्थेँ : एन्जेलिना

हलिउड फिल्म निर्माता तथा अभिनेत्री एन्जेलिना जोलीले अभिनेता ब्राड पिटसँग विवाह गर्दा परिवारको असुरक्षा हुन सक्ने भन्दै चिन्तित भएको बताएकी छन् ।

उनले पिटसँग वैवाहिक सम्बन्धमा रहँदा आफ्नो पूरा परिवारको सुरक्षाको चिन्ता भएको बताएकी हुन् ।

जोलीले पिटसँग सम्बन्ध बिग्रिएको लामो समयपछि सन्तान  आफूमाथि पिटले हिंसा गरेको आरोप लगाएकी थिइन् । उनले पिटले छोराछोरी र आफूमाथि शारीरिक र मानसिक रुपमा दुर्व्यवहार गरेको खुलाएकी थिइन् ।

द गार्जियन अखबारलाई दिएको अन्तरवार्तामा एन्जेलिनाले आफ्ना बच्चाहरुको पालन पोषणको क्रममा पिटसँग सुरक्षाको डर भएको समेत खुलाइन् ।

उनले भविष्यमा विस्तारै पिटको व्यवहारमा परिवर्तन आउने विश्वासका साथ उनीसँग विवाह गरेको तर उनको व्यवहारमा परिवर्तन नआएको बताइन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका