Saturday, November 7, 2026
Homeसामाचारबैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, उद्धार र उपचारमा पहल गर्न निर्देशन

बैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त, उद्धार र उपचारमा पहल गर्न निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त हुँदा भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त घटनाले आफू अत्यन्त मर्माहत बनेको उल्लेख गरेका छन्। जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गर्दा मृतक तथा घाइतेको यकिन संख्या अझै पुष्टि हुन नसकेको जानकारी प्राप्त भएको उनले बताएका छन्।

संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि सम्बन्धित पार्टी समितिहरूलाई सक्रिय पहल गर्न निर्देशन दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका