Saturday, November 7, 2026
Homeसामाचारबैंक कागजात फेसबुकमा सार्वजनिक गरेपछि रास्वपा कपिलवस्तु जिल्ला प्रमुख पक्राउ

बैंक कागजात फेसबुकमा सार्वजनिक गरेपछि रास्वपा कपिलवस्तु जिल्ला प्रमुख पक्राउ

बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।

प्रहरी अनुसन्धानमा रहेका बैंक कारोबारसम्बन्धी कागजात सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईले गत माघ २६ गते आफ्नो फेसबुक वालमा ती कागजात सार्वजनिक गरेका थिए।

सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री पोस्ट गरी घृणा र द्वेष फैलाएको तथा गोपनीयता भंग गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले भट्टराईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका