Sunday, April 19, 2026
Homeदेश र प्रदेशबुधबार बिहानै भूकम्पको धक्का

बुधबार बिहानै भूकम्पको धक्का

काठमाडौं : बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ आसपास केन्द्रविन्दु भएको ५.८ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको महसुस काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा गरिएको थियो।

२०७२ को गोरखा भूकम्पपछि यसका परकम्प जाने क्रम भने अझै रहेको छ। पछिल्लो समय वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको परकम्प गएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका