Saturday, November 7, 2026
Homeसामाचारबुधबार कस्तो रहला देशभरको मौसम?

बुधबार कस्तो रहला देशभरको मौसम?

काठमाडौँ — देशभर आज मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। विशेषगरी, कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

त्यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका