काठमाडौँ। जेनजी प्रदर्शनको क्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ घर भएकी २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका–२ घर भएकी २२ वर्षीया आयुषा कुमाल छन्।
उपत्यका प्रहरी कार्यालयका एक अधिकृतका अनुसार, आरोपीहरूलाई बुधबार बुढानीलकण्ठको गैरीगाउँबाट पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरूले भदौ २४ मा भएको प्रदर्शनको अवसर छोपेर मेयरको घरमा तोडफोड गरेको खुलेको छ।
आरोपीहरूमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।


