Wednesday, June 3, 2026
Homeसामाचारबिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्नु घातक रोगको संकेत

बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्नु घातक रोगको संकेत

बिहान ओछयानबाट उठ्ने वित्तिकै चक्कर लाग्ने समस्या देखिनु भनेको खतरनाक रोगको संकेत भएको चिकित्सकहरुले बताएका छन् ।

बिहान उठ्ने वित्तिकै टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्यालाई मेडिकल भाषामा पोस्टुरल हाइपोटेन्शन भनिन्छ । यसले शरीरमा रक्तचापको मात्रालाई असामान्य तरिकाले घटाउँछ । यस्तो समस्यालाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

चिकित्सकहरुले यस्तो लक्षण गम्भीर भएको बताएका छन् । यसलाई बेवास्ता गर्दा भारी मूल्य चुकाउनुपर्ने समेत बताएका छन् । यस्तो लक्षणले शरीरमा मुटुरोग, डिप्रेशन, डिमेन्शिया र मृत्यु हुनेसम्मको खतराको संकेत गर्छ ।

पोस्टुरल हाइपोटेन्शन उमेरसँगै बढ्ने गर्छ । ६० वर्षभन्दा बढी उमेरमा पाँच जनामध्ये एक जना यो समस्याको सिकार हुने गर्छन् । यस्तै, ६५ देखि ६९ वर्षसम्मका करिब १५ प्रतिशत मानिसहरु यो समस्याको सिकार हुने गर्छन्  । भने, ८५ वर्षभन्दा बढी उमेरका २५ प्रतिशत मानिसहरुमा पोस्टुरल हाइपोटेन्शन हुनसक्छ ।

विशेषज्ञका अनुसार क्लासिक पोस्टुरल हाइपोटेन्शन ओछ्यानबाट उठ्नेवित्तिकै तीन मिनेटसम्म कुनै पनि व्यक्तिमा देखिन सक्छ । भने, डिलेड पोस्टुरल हाइपोटेन्शनमा मानिसहरु तीन मिनेटभन्दा धेरै समयसम्म समस्या हुनसक्छ । यसले गर्दा खानाले समेत बिरामी गराउन सक्छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार अर्तजा गिलानी र उनका सहयोगीले बताए अनुसार PHoT पार्किन्सन, मधुमेह, भिटामिन B12 को कमि, रेनल फेलियर, अटोइम्युन डिसअर्डर र क्यान्सर जस्ता भयंकर बिरामीको संकेत गर्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका