काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन हुने राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमत सरकारले इतिहासमै पहिलोपटक मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भएको छ।
यसअघि संघीय संसदमा मात्र ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिने अभ्यास भए पनि मन्त्रिपरिषदमा यस्तो कहिल्यै भएको थिएन। यसपटक प्रधानमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषदमा ५ जना महिला मन्त्री रहनेछन्।
रास्वपाले निम्न महिलाहरूलाई मन्त्री बनाउने निर्णय गरेको छ:
- सोविता गौतम – कानूनमन्त्री, अधिवक्ता र कानून स्नातक।
- प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री, संचारकर्मी अनुभव र स्नातकोत्तर।
- गीता चौधरी – कृषिमन्त्री, कानूनमा स्नातक र अधिवक्ता।
- सीता वादी – महिला बालबालिका मन्त्री, समाजसेवा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर।
- निशा मेहताल – स्वास्थ्य तथा जनसंख्या मन्त्री, नर्सिङमा स्नातकोत्तर र पेशागत नर्स।


