काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले बालेनलाई शुक्रबार विहान प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। बालेनले आज १२ बजेर २४ मिनेटमा प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ।
यसैबीच, रास्वपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम अन्तिम रुपमा तय गरेको छ। प्रधानमन्त्री बालेनले आफू रक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन्।
अन्य मन्त्रीहरू यसप्रकार रहेका छन्:
- अर्थ मन्त्री: डा. स्वर्णिम वाग्ले
- कानुन मन्त्री: सोविता गौतम
- परराष्ट्र मन्त्री: शिशिर खनाल
- गृह मन्त्री: सुधन गुरुङ
- ऊर्जा: बिराजभक्त श्रेष्ठ
- उद्योग: अमरेशकुमार सिंह
- सामान्य प्रशासन: प्रतिभा राउव
- कृषि: गीता चौधरी
- सञ्चार: डा. विक्रम तिमल्सिना
- शिक्षा: सिस्मित पोखरेल
- श्रम: दीपक साह
- पर्यटन: गणेश पौडेल
- महिला बालबालिका: सीता वादी
- स्वास्थ्य तथा जनसंख्या: निशा मेहता


