काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनावी रिपोर्टिङमा खटिएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
ग्रान्डी अस्पतालका अनुसार सिटौलाको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्षसमेत रहेका सिटौलाको ४५ वर्षको उमेरमा निधन भएको हो ।
बालेनको चुनावी प्रचारका क्रममा अछाम पुगेका बेला एक्कासि बेहोस भएर ढलेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।
स्वर्गीय सिटौलाको अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसो २ः३० देखि ३ः०० बजेसम्म चलचित्र विकास बोर्डमा शव राखिने जनाइएको छ । उनी ‘फिल्म अनलाइन द सिनेमा टाइम्स’ का सञ्चालक पनि थिए ।



