Saturday, June 6, 2026
Homeअपराध र घटनाबालाजुबाट ७ जना जुवाडे पक्राउ

बालाजुबाट ७ जना जुवाडे पक्राउ

काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित वसन्तनगरबाट प्रहरीले जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ । हिलो टोल स्थित भारतको बिहार घर भएका ३४ वर्षीय लाल बाबु गुप्ताको टहरोमा तास खेलिरहेको अवस्थामा गुप्ता सहित ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ३१ हजार नगद र एकबुक तास बरामद गरेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका