Saturday, September 5, 2026
Homeमुख्य समाचारबाबुरामको प्रश्न : रत्नाकर बाल्मिकी बनेको सुनेकै छौं, मनाङेलाई किन पूर्वाग्रह राख्ने...

बाबुरामको प्रश्न : रत्नाकर बाल्मिकी बनेको सुनेकै छौं, मनाङेलाई किन पूर्वाग्रह राख्ने ?

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजीव गुरूंगहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने बञ्चित गर्न नहुने तर्क राखेका छन्। राजीव गुरूङ ( दीपक मनाङे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र भट्टराईसँग पनि भेटेपछि विभिन्न टीकाटिप्पणी भएको बताउँदै उनले यसलाई अन्यथा मान्न नहुने धारणा राखेका छन्। उनले आइतबार फेसबुकमा प्रश्न गर्दै लेखेका छन्,‘रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं। त्यसैले राजीव गुरूंगहरूले नयाॅ जीवन र नयाॅ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने? किन पूर्वाग्रह राख्ने?’

मान्छे जन्मजात अपराधी नहुने र समाज, राज्यले मान्छेलाई अपराधी बनाउने भट्टराईको तर्क छ। उनले भनेका छन्, ‘मेरो सुविचारित र अनुभवजन्य मान्यता छ- कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न। समाज/राज्यले मान्छेलाई अपराधी बनाउॅछ। साथै वर्गीय/जातिय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ। अत:अपराध/अपराधी एक सापेक्ष अबधारणा हो।’

उनले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा बनाएको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै कार्यान्वयन हुन नसकेको स्मरण गरेका छन् छन्।
भट्टराईले भनेका छन्, ‘मैले २०५९/०६० सालको दोश्रो वार्ताकालमा देशका विभिन्न जेल/बन्दीगृहको भ्रमण गरेपछि भनेको थिएँ- नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका छन्; अनि खुला रूपमा रहनुपर्ने मान्छे जेलमा छन्। त्यही सोचका साथ आफु प्रम छँदा मैले जेल सुधारका निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ,जसको प्रतिवेदन अझै कार्यान्वयन हुनसकेको छैन।’

बिहीबार  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत लिने समयमा संसद्मा मनाङे अनुपस्थित भएका थिए। मनाङेले मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेको साँझ भट्टराईसँग भेटेको तस्बिर सार्वजनिक भएको थियो। उनै मनाङेको साथ पाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। पोखरेलले उनलाई शनिबारै विना विभागिय मन्त्री बनाइसकेका छन्। अन्नपूर्णबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका