Friday, May 1, 2026
Homeकला/साहित्यबान्तवा राई श्रष्टाहरूलाई पुरस्कृत गर्दै ‘बुङ्वाखा’

बान्तवा राई श्रष्टाहरूलाई पुरस्कृत गर्दै ‘बुङ्वाखा’

बान्तावा राई भाषामा प्रकाशित भइरहेको ‘बुङ्वाखा’ (फूलबारी) मासिकद्वारा स्थापित विभिन्न पुरस्कार र पुरस्कृत व्यक्तिहरूको नाम घोषणा गरिएको छ ।
यसै क्रममा २०७८ का लागि स्रष्टा शुभ मुकारुङलाई ५५ हजार २ सय ९१ रुपैयाँ राशीको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’, लेखक चन्द्रकुमार राई हतुवालीलाई ५० हजार राशीको ‘बुङ्वाखा–युके सायाचोङ्मा पुरस्कार’ ले पुरस्कृत गरिने भएको छ ।

बान्तावा संगीतकर्मी सुखदेव राईलाई ४० हजार राशीको ‘बुङ्वाखा–पञ्चकुमारी सङ्गीत पुरस्कार दिइने भएको छ । त्यस्तै, बुङ्वाखाकर्मी खान्नुबुङ राईलाई ‘बुङ्वाखा–रनमाया चेन्चेक्वा पुरस्कार, रामचन्द्र राई राजालिमुलाई ‘बुङ्वाखा–धनेन्द्र बादिहाङ स्मृति पुरस्कारले पुरस्कृत गरिने भएको छ । यी दुवै पुरस्कारको राशी जनही १० हजार रुपैया रहेको छ ।

बुङ्वाखा पुरस्कार छनोट उपसमितिको मङ्सिर १० गते बसेको अनलाइन जुमुमार्फत् बसेको बैठकले पुरस्कृत व्यक्तित्वहरूबारे निर्णय गरिएको बुङ्वाखाका सम्पादक पदम राईले जनाए । बुङ्वाखाको सत्रौं वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सव आगामी मङ्सिर २३ र २४ गते भोजपुरस्थित आमचोक गाउँपालिका बालंखामा हुने भएको छ । सोही कार्यक्रममा घोषणा गरिएका पुरस्कार वितरण गरिनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका