Wednesday, October 14, 2026
Homeस्वास्थ्य र जीवनशैलीबाढीपीडित विष्णुकुमारीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने काठमाडौं मेडिकल कलेजको निर्णय

बाढीपीडित विष्णुकुमारीको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने काठमाडौं मेडिकल कलेजको निर्णय

काठमाडौं । काठमाडौं मेडिकल कलेजले बाढीका कारण मिर्गौला प्रत्यारोपणका लागि आवश्यक आर्थिक स्रोत गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने निर्णय गरेको छ।

बाढीका कारण आर्थिक संकटमा परेपछि उपचारमा कठिनाइ भइरहेको अवस्थामा बिरामीको अवस्थालाई ध्यानमा राख्दै मानवीय सहयोगस्वरूप निःशुल्क प्रत्यारोपण गर्ने निर्णय गरिएको कलेजले जनाएको छ। विष्णुकुमारीका श्रीमान् राजकुमार डंगोल हुन्।

अस्पतालका अनुसार बिरामी अस्पतालमा भर्ना भएदेखि सफलतापूर्वक मिर्गौला प्रत्यारोपण सम्पन्न गरी डिस्चार्ज हुँदासम्म लाग्ने सम्पूर्ण अस्पतालसम्बन्धी खर्च काठमाडौं मेडिकल कलेजले व्यहोर्नेछ।

कलेजले विपद्को कठिन अवस्थामा बाढीपीडित नागरिकको उपचारमा सहयोग गर्नु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका