Thursday, August 27, 2026
Homeमुख्य समाचारबाढीपीडितले ‘सेतु’ प्रणालीमार्फत उद्धार तथा राहतको माग दर्ता गर्न सक्ने

बाढीपीडितले ‘सेतु’ प्रणालीमार्फत उद्धार तथा राहतको माग दर्ता गर्न सक्ने

काठमाडौं । बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकले उद्धार, राहत तथा आवश्यक सहयोगका लागि आफ्नो विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को ‘सेतु’ प्रणालीमार्फत उपलब्ध गराउन सक्ने भएका छन्।

प्राधिकरणले विपद्बाट प्रभावित व्यक्ति तथा परिवारलाई आफूलाई आवश्यक परेको उद्धार, राहत तथा अन्य सहयोगसम्बन्धी विवरण अनलाइन फाराममार्फत भर्न आग्रह गरेको छ।

प्रभावितले NDRRMA को ‘सेतु’ प्रणालीमा गएर माग विवरण फाराम भर्न सक्नेछन्। यसका लागि सेतु प्रणाली मा जान सकिनेछ।

फाराममा प्रभावितको अवस्था, स्थान तथा आवश्यक उद्धार, राहत र अन्य सहयोगसम्बन्धी विवरण उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ। प्राप्त विवरणका आधारमा सम्बन्धित निकायले प्रभावितको आवश्यकता पहिचान गरी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सक्नेछन्।

बाढी, पहिरो तथा डुबानका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला प्रभावितको वास्तविक अवस्था र आवश्यकताको विवरण संकलन गरी तत्काल सहयोग पुर्‍याउन ‘सेतु’ प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।

प्राधिकरणले विपद् प्रभावित नागरिकलाई फाराममा आफ्नो अवस्था र आवश्यकतासम्बन्धी विवरण यथार्थ रूपमा भर्न आग्रह गरेको छ। तत्काल उद्धार आवश्यक पर्ने अवस्थामा भने अनलाइन फाराम भर्नुका साथै नजिकको सुरक्षा निकाय, स्थानीय तह वा सम्बन्धित उद्धार संयन्त्रलाई समेत जानकारी गराउन प्राधिकरणले अनुरोध गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका