Monday, November 9, 2026
Homeसामाचारबाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारको सहयोग

बाघको आक्रमणबाट घाइते भएका श्रेष्ठको उपचारमा प्रदेश सरकारको सहयोग

मुग्लिन (चितवन): बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले बाघको आक्रमणबाट घाइते भएका चितवनका ६० वर्षीय पशुपति श्रेष्ठको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आइतबार भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका समयमा बाघको आक्रमणमा परी घाइते भएका श्रेष्ठको अवस्था बुझ्न आज अस्पताल पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । हाल चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको छ ।

मन्त्री सिलवालले स्वास्थ्य लाभको कामनासहित बिरामीको अवस्थाबारे चिकित्सक र परिवारसँग बुझ्नुभएको थियो । उहाँले बिरामीको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुहुँदै केही समस्या भएमा मन्त्रालय सहयोग गर्न तयार रहेको बताउनुभयो ।

श्रेष्ठलाई आक्रमण गरी घाइते बनाएको बाघलाई निकुञ्जको टोलीले आइतबार राति नै नियन्त्रणमा लिइसकेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका