काठमाडौँ, १९ भदौ – आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले दिउँसो देशभर सामान्य बदली रहनेछ।
महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। मधेस प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।
वर्षाका कारण ठूला–साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले सबैलाई आग्रह गरेको छ।


