Sunday, November 8, 2026
Homeसामाचारबहुविवाहलाई मान्यता दिने प्रस्तावित कानुनप्रति अमेरिका नेपाल महिला संघको आपत्ति

बहुविवाहलाई मान्यता दिने प्रस्तावित कानुनप्रति अमेरिका नेपाल महिला संघको आपत्ति

काठमाडौं – नेपाल सरकारले बहुविवाहलाई मान्यता दिने गरी अगाडि बढाएको कानुन संशोधन मस्यौदाप्रति अमेरिका नेपाल महिला संघ, ग्रेटर वाशिङटन डिसीले आपत्ति जनाएको छ।

संघले जारी गरेको विज्ञप्तिमा प्रस्तावित विधेयकले दशकौंको संघर्षपछि प्राप्त महिलाको अधिकार र सम्मानमाथि आघात पुर्‍याउने उल्लेख गर्दै तत्काल फिर्ता गर्न माग गरिएको छ। संघका अनुसार, बालबालिकाको अधिकारको नाममा ल्याउन लागिएको यो संशोधन अन्ततः महिलालाई लज्जित, अपमानित र अन्यायपूर्ण बनाउने खतरा बोकेको छ।

संघले यस्तो प्रयास महिलाको समानता र सम्मानका आधारभूत सिद्धान्तविरुद्ध भएको भन्दै नेपाल सरकारको कदमको निन्दा गरेको छ।
FILE_1759

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका