Sunday, April 19, 2026
Homeप्रवासबहराइनको प्रदर्शनीमा नेपालको सहभागिता

बहराइनको प्रदर्शनीमा नेपालको सहभागिता

बहराइनस्थित चिल्ड्रेन एन्ड मदर वेलफेयर सोसाइटीको संयोजकत्वमा सञ्चालित इन्टरनेसनल एम्बेसी बजारमा नेपाली राजदूतावासले नेपाली उत्पादनहरू – विभिन्न हस्तकला सामाग्री, चिया, पस्मिना सल आदीको प्रवर्द्धन गरेको छ।

कार्यक्रममा विशेष अतिथि शाइखा लुलवा विन्त खलिफा अई खलिफाले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै पस्मिना सल तथा हस्तकलाका सामाग्री खरिद गरेकी थिइन् । यसै गरी, अन्य आगन्तुकहरूले समेत नेपाली उत्पादनको प्रशंसा गर्दै हस्तकला सामाग्री, पस्मिना सल तथा चिया खरिद गरेका थिए। विगत लामो समयदेखि वार्षिक रूपमा सञ्चालित उक्त कार्यक्रममा बहराइनस्थित राजदूतावासहरूले सहभागिता जनाउँदै आएकोमा नेपाली राजदूतावासले यस वर्ष पहिलो पटक सहभागिता जनाएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका