Saturday, November 7, 2026
Homeसामाचारबदलिँदो विश्वमा क्षेत्रीय सहयोग अपरिहार्य : परराष्ट्र सचिव राई

बदलिँदो विश्वमा क्षेत्रीय सहयोग अपरिहार्य : परराष्ट्र सचिव राई

काठमाडौँ । नेपालले बदलिँदो विश्व परिवेशमा क्षेत्रीय सहयोग आवश्यक मात्र नभई अनिवार्य भएको जनाएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) कार्यक्रम समितिको ६२औँ बैठकमा परराष्ट्र सचिव तथा सार्क स्थायी समितिका अध्यक्ष अमृतबहादुर राईले आजको विश्वव्यापी चुनौती र अनिश्चितताबीच क्षेत्रीय सहकार्यको आवश्यकता झन् बढेको बताएका हुन् ।

उनले राष्ट्रिय प्रयास र विश्वव्यापी प्रक्रियाबीच सेतुका रूपमा क्षेत्रीय सहकार्य अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।

बैठकमा सार्कका महासचिव गोलाम सरवारले सार्कले चार दशकमा हासिल गरेका उपलब्धिहरूको स्मरण गर्दै क्षेत्रीय सहकार्यसम्बन्धी आकाङ्क्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।

आज समापन हुने उक्त बैठकले सार्क सचिवालयको बजेट तथा कार्यक्रमहरू अनुमोदन गर्नेछ । बैठकमा बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका