Saturday, November 7, 2026
Homeसामाचारबझाङमा मध्यरातमा भूकम्पको धक्का महसुस,स्थानीयबासीमा त्रासमा

बझाङमा मध्यरातमा भूकम्पको धक्का महसुस,स्थानीयबासीमा त्रासमा

काठमाडौँ, २९ असोज — बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, राति १:०८ बजे ४.९ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला क्षेत्र रहेको केन्द्रले जनाएको छ। मध्यरात भूकम्प जाँदा स्थानीयबासी त्रसित भएका थिए।

भूकम्पको धक्का छिमेकी जिल्लाहरूमा समेत महसुस गरिएको छ भने, स्थानीय प्रहरीका अनुसार अहिलेसम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका