Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियबंगलादेशमा फेरि प्रदर्शन चर्कियो, देशभर कर्फ्यू, इन्टरनेट बन्द

बंगलादेशमा फेरि प्रदर्शन चर्कियो, देशभर कर्फ्यू, इन्टरनेट बन्द

काठमाडौं।बंगलादेशमा आरक्षणको विरोधमा सुरु भएको विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ ।

प्रदर्शन चर्किएर हिंसामा बद्लिएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै देशभर कर्फ्यू घोषणा गरेको छ भने इन्टरनेट पनि बन्द गरिएको छ।
जारी हिंसामा आइतबार मात्र ३२ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् ।

बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ । कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ ।

आइतबार बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भए र शेख हसिनाको राजीनामाको माग गरेका थिए । शनिबार प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए ।

बंगलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ । आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन् । यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका