काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
मंगलबार बसेको आयोगको बैठकले तोकिएको समयसीमाभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन दिएको हो।
२०८२ साल फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ।
निर्वाचन आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम राजनीतिक दलहरूले आफ्नो निर्वाचन घोषणापत्र आयोगमा र उम्मेदवारहरूले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।


