Monday, May 4, 2026
Homeमनोरन्जन‘प्रेमा’मा पूर्व मिस नेपाल सुभेक्षा

‘प्रेमा’मा पूर्व मिस नेपाल सुभेक्षा

२०७५ मा निर्माण भएको फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी पूर्व मिस नेपाल सुभेक्षा खड्का फेरि फिल्ममा देखिने भएकी छन् । उनी ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीकै फिल्म ‘प्रेमा’मा देखिने भएकी हुन् । केही सातादेखि छायाँकन भइरहेको फिल्ममा उनी शीर्ष भूमिकामा छिन् । फिल्म आफ्ना लागि विशेष भएको उनले बताएकी छन् । दोस्रो फिल्मका लागि आफूलाई सम्झिएकामा उनले निर्देशक भण्डारीलाई धन्यवाद समेत दिएकी छन् ।

यो फिल्म अगाडि निर्देशक भण्डारी रोज राणाको फिल्म ‘खलनायक २’ गर्ने तयारीमा थिए । ‘खलनायक २’ को छायांकन ढिला भएपछि भण्डारीले ‘प्रेमा’ छायांकन सुरु गरेका हुन् ।
मिस नेपाल इन्टरनेसनल २०१२ र मिस युनिभर्सिटी नेपाल वर्ल्ड २०१७ की विजेता समेत रहेकी उनले पहिलो फिल्म ‘रणवीर’ बाट भने सफलता हात पार्न सकिनन् । त्यसैले पनि होला उनलाई दोस्रो फिल्म पाउन तीन बर्ष लाग्यो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका