काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक ७.१० अंकले बढेको छ। सूचक २४२२.३४ विन्दुमा पुगेको छ। सो समयमा ४ लाख १९ हजार १४५ रुपैयाँको सेयर कारोबार भयो। २० कम्पनीको १ हजार १४८ कित्ता सेयर कारोबार भयो। यो सेसनमा कुल २२ वटा कारोबार भयो।
कारोबारमा आएका ८ समूहमध्ये ५ समूहको मूल्य बढ्यो भने १ समूहको घटेको छ। बाँकी २ समूहको स्थिर रह्यो। सो समयमा २० कम्पनीको मूल्य बढयो भने एकको घट्यो।


