Wednesday, September 16, 2026
Homeसामाचारप्रहरी इन्स्पेक्टर भर्नामा ८ सिट थप, अब २९ पदका लागि प्रतिस्पर्धा

प्रहरी इन्स्पेक्टर भर्नामा ८ सिट थप, अब २९ पदका लागि प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताबाट पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको माग सङ्ख्या बढाएको छ।

प्रधान कार्यालयले २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापन संशोधन गर्दै थप ८ वटा सिट समावेश गरेको जनाएको छ। यससँगै अब कुल २९ जना प्रहरी निरीक्षक पदमा भर्ना गरिनेछ।

प्रहरीका अनुसार सर्वोच्च अदालतको परमादेशअनुसार आर्थिक वर्ष २०७९/८० मा समावेशी समूहअन्तर्गत समावेश हुन नसकी गुमेका पदहरूको क्षतिपूर्तिस्वरूप थप पद समावेश गरिएको हो।

समावेशी व्यवस्थाअनुसार पदहरूको समायोजन गरी प्रचलित कानुनबमोजिम नै भर्ना प्रक्रिया अघि बढाइने नेपाल प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका