Monday, June 22, 2026
Homeसामाचारप्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुर परिसरको नेतृत्वमा अधिकारी

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुर परिसरको नेतृत्वमा अधिकारी

काठमाडौं। नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ। मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले यी सरुवाहरूलाई अनुमोदन गरेको हो।

सरुवा विवरणअनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी विनोद घिमिरेको नियुक्ति भएको छ। यसअघि काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरिएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा स्थानान्तरण गरिएको छ।

ललितपुर परिसरमा रहेका एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी पठाइएको छ। ललितपुर परिसरको नेतृत्व भने अब एसएसपी श्यामकृष्ण अधिकारीले सम्हाल्ने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा गरिएको छ।

यसबीच, जिल्ला प्रहरी परिसर काठमाडौंमा कुनै परिवर्तन गरिएको छैन। यद्यपि, एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर पदस्थापन गर्न केही एसएसपीले सक्रिय प्रयास जारी राखेको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका