Monday, November 9, 2026
Homeसामाचारप्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई संसदीय सुनुवाइबाट अस्वीकृत गर्यो

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई संसदीय सुनुवाइबाट अस्वीकृत गर्यो

काठमाडाैं: संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सुनुवाइ समितिले प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो। यसअघि सोमबार नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएका थिए।

प्रस्तावित व्यक्तिले नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी कायम राख्न नचाहेकाले अस्वीकृत गर्ने निर्णय गरेको समिति सभापति पशुपति शम्शेर जवराले जानकारी दिए।

यसअघि समितिमा प्रधानविरुद्ध निर्वाचन आयुक्त हुने उच्च नैतिक चरित्र नदेखिएको भन्दै उजुरी परेको थियो। संवैधानिक परिषद्ले असार ५ गते निर्वाचन आयुक्तमा प्रधानको नाम सिफारिस गरि सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका