Friday, April 17, 2026
Homeदेश र प्रदेशप्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूबाट नवनिर्मित भवनहरू समुद्‍घाटन समारोह सम्पन्न?

प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूबाट नवनिर्मित भवनहरू समुद्‍घाटन समारोह सम्पन्न?

संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूबाट नवनिर्मित भवनहरू समुद्घाटन समारोह सम्पन्न
===========================================
जिल्ला प्रहरी कार्यालय, कास्की परिसर भित्र नवनिर्मित प्रहरी आवास गृह, भान्सा घर र हिरासत कक्षको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूले एक समारोहकाबीच समुद्घाटन गर्नु भएको छ ।
May be an image of 8 people, people standing and outdoors
जिल्ला प्रहरी कार्यलय, कास्की प्रमुख प्र.उ. रमेश थापाज्यूबाट सम्पूर्ण उपस्थित महानुभावहरुमा स्वागत मन्तव्य राख्दै
नव निर्मित भौतिक संरचनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीलाई उपयुक्त कार्य वातावरण प्रदान गरेको र जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी कर्मचारीहरूको अव्यक्त पीडाहरू अन्त्य भएको र यसले कास्की प्रहरीको कार्यसम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पार्ने बिश्वास व्यक्त गर्नुभएको थियो । कास्की प्रहरीको लागि उच्च प्राथमिकतामा रहेका लागूऔषध दुर्व्यसनी तथा ओसार पसार नियन्त्रण र आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सरोकारावाला निकायको सहकार्यमा गाँउ-गाउँ र घर-घरमा पुगेर निरोधात्मक र प्रवर्धनात्मक कार्यक्रम संचालन गरी आएको व्यहोरा अतिथिज्यूहरू समक्ष जानकारी गराउनु भएको थियो ।
सो समारोहमा निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै प्राविधिक प्र.ना.उ. ई. केबिनजङ्ग थापाले जिल्ला प्रहरी कार्यालय, कास्कीको आफ्नै साढे १० रोपनी जग्गामा हिरासत भवन, व्यारेक भवन र सिनियर प्रहरी अधिकृत आवासको सम्पुर्ण निर्माण कार्यहरु रु.७,०६,११,८४२।६७ मा र भान्सा घरको लागि रू.१,१४,३०,०००.८१ गरी जम्मा रु. रु.८,२०,४१,८४३।४८ मा सम्पन्न भएको व्यहोरा जानकारी गराउनु भएको थियो ।May be an image of 4 people, people standing and outdoors
उद्घाटन समारोहमा सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापा क्षेत्रीज्यूले शान्तिपूर्ण वातावरण निर्माण गर्ने कार्यमा नेपाल प्रहरीसंग सहकार्य गर्ने समाजसेवी तथा भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सहयोगी व्यक्तित्वहरूलाई सम्मानार्थ कदरपत्र र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र समेत वितरण गर्नुभयो । साथै उहाँले भवन निर्माण कार्यमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो ।
उक्त समुद्घाटन समारोहमा बिशिष्ट अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यज्यू र पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.ज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्र.ना.म.नि. दिवेश लोहनीज्यूले समारोहका प्रमुख अतिथि, बिशिष्ट अतिथि लगायत सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।May be an image of 10 people, people standing and outdoors
समुद्घाटन समारोह पश्चात् प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै समाजसेवामा आबद्ध नेपाल प्रहरी संगठनमा आएर नागरिकको हरेक समस्या समाधानको लागि हर-हमेसा साथ र सहयोग गर्नुपर्ने बताउनुभयो ।
सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका