काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले आज बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसैगरी, दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तय भएको छ।
दुवै भेटवार्तामा नेपाल–भारत र नेपाल–चीन सम्बन्ध तथा आपसी हितका समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यसअघि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपालसँगको द्विपक्षीय सम्बन्ध, सहकार्य र समसामयिक विषयमा छलफल भएको थियो।


