Thursday, May 7, 2026
Homeराजनीतिप्रधानमन्त्री बालेन शाहद्वारा आज संवैधानिक परिषद् बैठक आह्वान

प्रधानमन्त्री बालेन शाहद्वारा आज संवैधानिक परिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आज (बिहीबार) साँझ ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयनसँग सम्बन्धित संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए। नयाँ व्यवस्थाअनुसार अब परिषद्को बैठक बस्न ६ सदस्यीय परिषद्मा कम्तीमा चार जना उपस्थित भए गणपूरक सङ्ख्या पुग्ने व्यवस्था गरिएको छ। साथै, परिषद्को निर्णयका लागि तीन सदस्यको बहुमत पर्याप्त हुने कानुनी प्रावधान राखिएको छ।

संवैधानिक परिषद्को संरचनाअनुसार प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्मा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलका नेता तथा प्रधानन्यायाधीश सदस्य रहनेछन्।

हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहसहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर तथा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्य रहेका छन्। त्यस्तै, सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा परिषद् बैठकमा सहभागी हुने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका