Thursday, July 16, 2026
Homeसामाचारप्रधानमन्त्री बालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज विशेष छलफल

प्रधानमन्त्री बालेन्द्र शाह र महिला उद्यमी महासंघबीच आज विशेष छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन्।

केही बेरमा सुरु हुने बैठकमा महिला उद्यमशीलताको प्रवर्द्धन, उद्योग–व्यवसायमा महिलाको सहभागिता विस्तार तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

बैठकमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।

छलफलका क्रममा महिला उद्यमीहरूले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री वातावरण निर्माण र महिला नेतृत्वमा सञ्चालित व्यवसायको प्रवर्द्धनका लागि आवश्यक नीतिगत पहलका विषयमा सुझाव आदानप्रदान हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका