साउन ४ काठमाडौं __ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन् । सोमवार सामाजिक सञ्जालमा लेख्दै नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीको बैठक नराख्ने विश्वास दिलाएको बताएका छन् ।
आफुहरुले बालुवाटारमा पार्टीको कुनैपनि बैठक नराख्न देउवालाई अनुरोध गरेको थापाको भनाई छ ।‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं ।’
नेता थापाले भनेका छन्, ‘उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ ।’ उनले प्रधानमन्त्रीप्रतिको यो विश्वासलाई कायम राखिदिन अनुरोध पनि गरेका छन् ।


