Friday, October 30, 2026
Homeसामाचारप्रधानमन्त्री ओलीद्वारा धान दिवसको शुभकामना, कृषिमा आधुनिक प्रविधि प्रयोग गर्न आग्रह

प्रधानमन्त्री ओलीद्वारा धान दिवसको शुभकामना, कृषिमा आधुनिक प्रविधि प्रयोग गर्न आग्रह

काठमाडौं, असार १५: प्रधानमन्त्री केपी शर्मा ओलीले धान दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले रोपाइँ तथा समग्र कृषिलाई आधुनिक बनाउँदै प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले लेखेका छन्, “माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र त्यसबाट धानका बाला झुलाउने सपना—यो हाम्रो परम्परादेखि चलिआएको रोपाइँ संस्कृति हो। आज देशबाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ।”

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै उत्पादन बढाउनुपर्नेमा जोड दिँदै सरकारद्वारा कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए। उनले दहीचिउरा खाने दिन तथा धान दिवसको अवसरमा सबै नेपालीलाई शुभकामना पनि दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका