Sunday, November 8, 2026
Homeसामाचारप्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मड्रिड (स्पेन):स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मड्रिडस्थित प्रसिद्ध प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरेका छन्।

युरोपकै पुराना र प्रतिष्ठित कला सङ्ग्रहालयमध्ये एक मानिने उक्त सङ्ग्रहालयमा प्रधानमन्त्री ओलीलाई अध्यक्ष जावियर सोलानाले स्वागत गरे। सङ्ग्रहालयमा युरोप र विशेषतः स्पेनको इतिहास, संस्कृति र सभ्यतासँग सम्बन्धित विभिन्न घटनाहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।

अवलोकनका क्रममा प्रधानमन्त्रीसँगै प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलगायतका पदाधिकारीहरू सहभागी थिए।

प्रधानमन्त्री ओली यसअघि स्पेनको सेभियामा आयोजित संयुक्त राष्ट्रसंघको “विकासका लागि लगानी” सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर मड्रिड आएका हुन्।
उहाँ शुक्रबार साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका